Category Uncategorized

नेपाली भाषा शिक्षक परिषद्, कास्कीको अध्यक्ष पदमा सूर्य प्रसाद लम्साल निर्वाचित

नेपाली भाषा तथा शिक्षाको उन्नयन र प्रवर्द्धनमा सक्रिय भूमिका खेल्दै आएको नेपाली भाषा शिक्षक परिषद्, कास्की ले नयाँ नेतृत्व चयन गरेको छ। यस गरिमामय परिषद्को अध्यक्ष पदमा स्टेप बाई स्टेप विद्यालयका नेपाली विभाग प्रमुख सूर्य प्रसाद लम्साल निर्वाचित हुनुभएकोमा हामी उहाँलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं। साथै, परिषद्को सम्पूर्ण नव-निर्वाचित कार्यसमितिलाई पनि उत्तिकै हर्षका साथ बधाई ज्ञापन गर्दछौं।